अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

बिआरटीनेपाल २०८० मंसिर ११ गते ५:२७ मा प्रकाशित

उपसभामुख इन्दिरा राना मगरले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा बोल्दै उपसभामुख रानाले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले महिला-महिलाहरुको विचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उपसभामुख रानाले महिलाहरुलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने पनि बताउनुभयो । उहाँले महिला सांसदहरु धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका बताउँदै समानुपातिक सांसदहरुलाई होच्याउने काम भएको बताउनुभयो । उहाँले महिलाहरुलाई राजनीतिको निर्णायक ठाउँमा पुर्‍याउनुपर्ने पनि बताउनुभयो । उपसभामुख रानाले महिलाहरुलाई विश्वविद्यालय तहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । बालिकाहरुले बीचमै विद्यालय छोड्ने दर बढिरहेको भन्दै उहाँले यसप्रति पनि ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू