अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

इजरायलले बन्धक रिहा गरेपछि विश्वभर खुशियाली

बिआरटीनेपाल २०८० मंसिर १० गते ५:५५ मा प्रकाशित

हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि ३९ प्यालेस्टाइनी बन्दी रिहा हुँदा प्यालेष्टेनी परिवारमा खुशियाली छाएको छ । इजरायल र हमासबीचको बन्धक र कैदी आदानप्रदान गर्ने सम्झौता अनुसार इजरायलले रिहा गरेका कैदीहरु रिहा गरेपछि विश्वका कयौं राष्ट्रहरुमा प्यालेष्टेनीहरुले खुशियालाी मनाएका छन् ।

इजरायलले रिहा गरेका कैदीमध्ये २४ महिला र १५ किशोरहरू रहेका छन् । रिहा भएका कैदीहरू ढुंगामुढा गर्नेदेखि हत्या प्रयाससम्मका अभियोगमा पक्राउ परेका हुन् । तीमध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेको छ ।

रिहा गरिएका प्यालेष्टेनीहरुलाई परिवारको जिम्मा लगाइएको छ । इजरायलले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमण पछि ३ हजार प्यालेष्टेनीहरुलाई नियन्त्रणमा लिएर विभिन्न कारागारमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू