अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

उच्चस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिन विश्वविद्यालयहरुलाई प्रधानमन्त्रीको आग्रह

बिआरटीनेपाल २०८० मंसिर १० गते ५:४७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । आइतबार पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधामन्त्री दाहालले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरा बढाउन आवश्यक रहेकोमा पनि जोड दिनुभएको छ । प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण र उपयोग, पर्यटन प्रवद्र्धन र कृषिक्षेत्रमा यान्त्रीकरणको प्रयोगमार्फत् देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयका ध्यान केन्द्रित हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू