अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

सविता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ को लागि छनौट

बिआरटीनेपाल २०८० मंसिर ९ गते ४:०३ मा प्रकाशित

अटिजम भएका बालबालिकाबारे अभियान चलाइरहेकी सविता उप्रेती यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारका लागि छनौट हुनुभएको छ ।भारतीय मानव अधिकार परिषद्ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष उप्रेतीलाई प्रदान गर्न लागेको हो । परिषद्ले पुरस्कारमा छनौट भएकोबारे पत्र पठाएको र आउँदो डिसेम्बर १० मा पुरस्कार प्रदान गर्ने उप्रेतीले जानकारी दिनुभयो ।

अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत उप्रेतीलाइ पुरस्कारका लागि छनौट गरेको भारतीय मानव अधिकार परिषद्ले जनाएको छ । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो । उप्रेतीले १३ वर्षदेखि विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र स्थापना गरी अटिजम बालबालिकाहरुलाई पढाउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू