अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाले मनायो बलिहाङ देउसी-भैलो

बिके राई (सन्तोष) २०८० मंसिर ७ गते १६:२८ मा प्रकाशित

न्युयोर्क । युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिका (युक्रा)ले ११,नोभेम्बर,२०२३ का दिन न्युयोर्क सहरको एलम्हर्स्ट स्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा बलिहाङ देउसी-भैलो भव्यताका साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम औपचारिक र बलिहाङ देउसी-भैलो गरी दुई खण्डमा सम्पन्न भएको भएको थियो । औपचारिक कार्यक्रम युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङको अध्यक्षतामा सम्पन्न भएको थियो भने विशेष अतिथिमा कलेज पईन्ट सिभिक एसोसिएसनका अध्यक्ष तथा हामी नेपाली ग्लोबल अमेरिकाका वरिष्ठ उपाध्यक्ष नवराज केसी एवम् एन.आर.एन.ए. अमेरिकाका नव निर्वाचित अध्यक्ष हेमन्त मल्ल थिए। अतिथिहरूमा युक्रा न्युयोर्क च्याप्टरको सल्लाहकार तथा वरिष्ठ नृत्य निर्देशक गोविन्द राई,जनजाति महासङ्घ अमेरिकाका सभामुख सुवर्ण शाक्य, बृहत्तर सुदूरपश्चिम नेपाली समाज अमेरिकाका अध्यक्ष टंक भण्डारी, बृहत्तर सुदूरपश्चिम नेपाली समाज अमेरिकाका कोषाध्यक्ष मनोज जंग कुँवर, माइनटरी ईम्पावरमेन्ट नेटवोर्कका अध्यक्ष श्याम कार्की,रोटरी क्लब न्युयोर्क,कुईन्सका अध्यक्ष हंसराज जोशी, हामी नेपाली ग्लोबलका अमेरिका च्याप्टर अध्यक्ष लकेश श्रेष्ठलाई आसन ग्रहण गरिएको थियो।

उक्त कार्यक्रममा युक्रा न्युयोर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष वसन्ती राईले स्वागत तथा शुभकामना मन्तव्य दिएकी थिइन। त्यसपछि विशेष अतिथिबाट पानसमा बात्तिबलेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको उद्घाटन भए सँगै अतिथि, विशेष अतिथिहरूले शुभकामना तथा मन्तव्य दिएका थिए ।

मन्तव्यका क्रममा विशेष अतिथि नवराज केसीले नेपाली जहाँ जहाँ भए पनि आफ्नो सांस्कृतिक नभुल्ने, प्रत्येक चाड पर्वमा नेपालीको प्रस्तुतिले नेपालको परिचय दिने र नेपालीको सकृतिलाई विश्वले चिन्ने मौका पाउने आफूलाई नेपाली भएकोमा गर्व लागेको बताउँदै सम्पूर्ण नेपालीलाई बलिहाङ चाडको शुभकामना दिए।यसै गरी अर्का विशेष अतिथि एनआरएनए अमेरिकाका नवनिर्वाचित अध्यक्ष हेमन्त मल्लले पनि सम्पूर्ण नेपालीहरूलाई भाइचारा, सद्भाव, समृद्धि,सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गरेका थिए। त्यसै गरी बृहत्तर सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष टिबी भण्डारीले नेपाल मात्रै एउटा देश हो जो सांस्कृतिक विविधताले धनी देश हो। विषेशगरी आदिवासी जनजातिले आफ्नो संस्कार संस्कृति झल्काएर विश्वमा नेपाललाई परिचित गराई रहेको भन्दै संसारभरि छरिएर रहेका नेपालीलाई बलिहाङ चाड शुभकामना व्यक्त गरेका थिए। यसै गरी अन्य थुप्रै अतिथिहरूले बलिहाङ चाडको अवसरमा शुभकामना व्यक्त गरेका थिए। शुभकामना मन्तव्य कार्यक्रम सकिने बित्तिकै युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष तथा उक्त कार्यक्रमको सभाध्यक्ष ममता खालिङ राईले औपचारिक कार्यक्रमको समापन गरेकी थिइन। उक्त कार्यक्रम युक्रा न्युयोर्क च्याप्टर महासचिव बिके राई (सन्तोष)ले सञ्चालन गरेका थिए।

औपचारिक कार्यक्रमको समापन सँगै युक्रा न्युयोर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष तथा कलाकार सङ्घ अमेरिकाकी अध्यक्ष वसन्ती राईले नृत्य प्रस्तुत गरेकी थिइन। उक्त नृत्य पछि लगातार देउसी-भैलो तथा सांस्कृतिक कार्यक्रममा नाचगानका साथ उपस्थित सबैले भरपुर मनोरञ्जन लिएका थिए कार्यक्रम करिब बिहान ४ः०० बजे सम्म चलेको थियो।

प्रतिक्रिया