अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

केपी ओली कप टी–२० क्रिकेटमा बाग्मतीकाे विजयी शुरुवात

बिआरटीनेपाल २०८० मंसिर ७ गते ५:०८ मा प्रकाशित

केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा बाग्मती प्रदेशले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार कास्कीकाे पाेखरा रङ्गशालामा भएकाे खेलमा बाग्मतीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘राताे’ टाेलीलाई १ सय ९ रनले हरायाे ।

बाग्मतीले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे मदन भण्डारी स्पाेर्ट्स एकेडेमी १४ ओभर २ बलमा ७५ रन बनाउँदा अल आउट भयाे । मदन भण्डारीका कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३ रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४, सुवाश खत्रीले ३ र प्रतिस जिसीले २ विकेट लिए ।

आजदेखि शुरु भएकाे प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताकाे विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू