अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

शेयर बजार २० अङ्कले बढ्याे

बिआरटीनेपाल २०८० मंसिर ६ गते ६:०२ मा प्रकाशित

हिजो मङ्गलवार झन्डै २४ अङ्कले घटेको शेयर बजार आज बुधवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशत तथा पञ्चकन्यामाई हाइड्रो, माथिल्लो मैलुङखोला जलविद्युत्, थ्री स्टार हाइड्रो र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सयपत्री हाइड्रोपावरको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ४२ लाख १३ हजार कित्ता शेयर एक अर्ब आठ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर आयल एन्ड मिनरल्स कम्पनीको १० करोड ७६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू