अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६
| Colorodo: 18:01
फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले लाओससँग बराबरी खेलेकाे छ । आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओससँग १–१ गाेलकाे बराबरी गरे । खेलमा लाओसले शुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि खेलकाे ३३ औँ मिनेटमा कप्तान बौनफाचन बौनकोङले गाेल गरे । पहिलाे हाफमा लाओस १–० ले अघि रह्याे ।
खेलकाे दाेस्राे हाफकाे ४९ मिनेटमा नेपालले बराबरी गाेल फर्कायाे । नेपालका लागि अञ्जन विष्टले गाेल गरे । याे गाेलसँगै अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गाेलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनकाे याे १३ औँ अन्तर्राष्ट्रिय गाेल हाे । नेपालबाट हरि खड्का र निराजन रायमाझीकाे पनि अन्तर्राष्ट्रिय गाेलकाे सङ्ख्या १३ छ ।