अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

अर्थतन्त्र सुधारको लागि ‘बोल्ड’ निर्णय हुन्छ– प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० असोज २५ गते ७:०२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले अर्थतन्त्र सुधारको लागि सरकारले ठोस निर्णय अघि सार्ने बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले अर्थन्त्रमा धेरै समस्या देखिएको सरकारले महशुस गरेको भन्दै ठोस (बोल्ड) निर्णय लिने बताउनुभएको हो । ‘टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैन, बोल्ड निर्णय लिन्छौँ,’ प्रधानमन्त्रीले भन्नुभयो । अर्थतन्त्र सुधारको लागि महासंघले माग गरेकोमा प्रधानमन्त्री प्रचण्डले सहमति जनाउनुभएको छ । महासंघले नयाँ पुस्ताको आर्थिक सुधारको खाका तय गर्न निजी क्षेत्रसहितको संयन्त्र खडा गर्नुपर्ने माग गरेको छ।

‘उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु, अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञसहितको संयन्त्रको खाँचो पनि छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालय सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो छ’। उहाँले आफू नेतृत्वको सरकारले मुख्य प्राथमिकता नै अर्थतन्त्र सुधार भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू