अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

कोसीको मुख्यमन्त्रीमा इन्द्र आङ्बो र केदार कार्कीको दाबी

बिआरटीनेपाल २०८० असोज २५ गते ६:५३ मा प्रकाशित

कोसी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र केदार कार्कीले दाबी गर्नुभएको छ ।आङ्बो माओवादी प्रदेश संसदीय दलका नेता हुहुनुन्छ । दुवै जनाले बहुमत ९४७० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्। गठबन्धनको बिहीबार काठमाडौंमा भएको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै विराटनगर आएर उहाँले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको हो । कार्की नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हुनुहुन्छ। कांग्रेसको संस्थापनइतर अर्थात डा। शेखर कोइराला पक्षधर उहाँले नेकपा एमालेको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो। कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले पनि उहाँलाई साथ दिएका छन्।

गठबन्धनले मुख्यमन्त्री बनाउने निर्णय गरेपनि आङ्बोलाई कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यले साथ नदिएको र उनीहरूले केदार कार्कीलाई समर्थन जनाएको बताइएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले धारा १६८ को उपधारा ५ बमोजिम भोलि अपरान्ह ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकार गठनको आह्वान गर्नुभएको थियो । त्यसको एक दिनअघि नै मुख्यमन्त्रीमा दुई जनाबाट दाबी पेस भएको हो। उक्त उपधाराअन्तर्गत बहुमत पुर्‍याउनसक्ने जुनसुकै प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्रीमा दाबी गर्न पाउँछन्। यसमा पार्टीको ह्वीप नलाग्ने हुँदा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा समर्थन गर्दा स्वविवेक प्रयोग गर्न पाउने संवैधानिक व्यवस्था छ।

त्यही व्यवस्थाका आधारमा कांग्रेसको इतर समूह तथा एमालेका प्रदेशसभा सदस्यको साथ लिएर कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो। आङ्बोले पनि ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । उहाँले गठबन्धनमा रहेका कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाउनुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका रूपमा कसलाई मान्यता दिन्छ भन्ने यकिन छैन। यसअघि एमालेसँगको गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ मुख्यमन्त्रीमा कसैलाई पनि समर्थन गरेको छैन। सरकार गठनका विषयमा निर्णय लिएर राप्रपाले शुक्रबार बिहानका लागि पदाधिकारी बैठक बोलाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू