अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

शुक्रबारदेखि संसद्को अधिवेशन अन्त्य गर्न सरकारलाई गठबन्धनको सुझाव

बिआरटीनेपाल २०८० असोज २५ गते ६:४८ मा प्रकाशित

सत्ता गठबन्धनले सरकारलाई संसद्को चालु अधिवेशन अन्त्य गर्न सुझाव दिएको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले चाडबाड लगायतको समय आएकाले चालु अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएको हो । गठबन्धन बैठकमा सहभागी एक नेताले अधिवेशन अन्त्य गर्ने नगर्ने निर्णय सरकारले गर्ने भएपनि गठबन्धनमा छलफल हुँदा शुक्रबार बैठक बसेर अन्त्य गर्दा उपयुक्त हुने सुझाव सरकारलाई दिएको बताएका छन् ।

‘अधिवेशन अन्त्य गर्ने कि नगर्ने भनेर निर्णय सरकारले गर्ने हो तर गठबन्धनको छलफलमा मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस गर्दा उपयुक्त हुने भनेर सुझाव दिएका छौ’, गठबन्धनका एक नेताले भनेका छन्, ‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट शुक्रबारको बैठक बसेर अधिवेशन अन्त्य हुनेछ ।’ माओवादी केन्द्रका नेता हितराज पाण्डेले अधिवेशन अन्त्यबारे गठबन्धन बैठकमा छलफल भएको स्वीकार गर्नुभयो । शुक्रबार २ बजेका प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बजेट अधिवेशन गत वैशाख २४ गते सुरु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू