नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आत्तिएको दाबी गर्नुभएको छ । बुधबार जनकपुरमा मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कांग्रेस माओवादीले आफ्नो भविष्य अन्धकार देखेर आत्तिएको दाबी गर्नुभयो । “कांग्रेस हामीसँग आत्तिएको किन रु एमालेले काम गर्न नसकेर हो र रु आफ्नो भविष्य अन्धकार देख्न थालेर । माओवादी किन आत्तियो रु आफ्नो भविष्य अन्धकार देखेर,” ओलीले भन्नुभयो । अध्यक्ष ओलीले कांग्रेस र माअोवादी नसच्चिए भविष्य सुनिश्चित नभएको ठोकुवा पनि गर्नुभयो ।
“तपाईंहरू सच्चिनुहुन्न एमालेको विरोध गरेर मात्रै तपाईंहरूको सुनिश्चित भविष्य छैन,” ओलीले भन्नुभयो, “सच्चिनुहुन्न भने तपाईंहरूको भविष्य अन्धकारमा जाने नै भयो ।” उहाँले एमालेले मौका पाउँदा देशलाई विकासको बाटोमा हिँडाउन सक्षम रहेको बताउनुभयो । “एमालेको विरोध किन ? असक्षम, काम गर्न नसकेर होइन । एमाले शसक्त छ । योग्य छ । काम गर्न सक्छ,” उहाँले भन्नुभयो, “मौका पाउँदा देशलाई विकासको बाटोमा लान सक्छ ।” ओलीले आफूले सरकारको नेतृत्व गरेका बेलाको कामको फेहरिस्त सुनाउनुभयो ।