अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 05:11

कोशीको मुख्यमन्त्रीमा माओवादीको दाबी, कांग्रेस लचिलो

बिआरटीनेपाल २०८० असोज २४ गते ७:०८ मा प्रकाशित

सत्ता गठबन्धनभित्र कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी मुख्यमन्त्री आफ्नो पार्टीले लिने अडान राख्नुभएको छ । नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा कोशीमा सरकार बनाउने पहल गरेको थियो। तर कांग्रेस सत्ता गठबन्धनभित्रकै पार्टीमध्येबाट मुख्यमन्त्री हुने गरी छलफल गर्न लचिलो भएको छ।‘शुक्रबारसम्म समय छ, सकेसम्म कांग्रेसले नै लिने गरी मुख्यमन्त्रीका लागि पहल हुनेछ,’ प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, ‘कांग्रेसबाट मुख्यमन्त्री नभएको खण्डमा गठबन्धनभित्रकै पार्टीबाट मुख्यमन्त्री बनाउने गरी छलफल भइरहेको छ। यसो हुँदा स्वतस् माओवादीको दाबी रहने नै भयो।’

कोशीमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनभित्र दाबी गरिरहनुभएको छ । यसअघि दुई पटक मुख्यमन्त्री भएका कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पनि दाबी छाडिसक्नुभएको छैन । कोशीमा राप्रपाको साथ लिएर सत्ता गठबन्धनले सरकार बनाउन खोजेको छ। तर राप्रपाले शुक्रबार बिहान ८ बजे बस्ने पदाधिकारी बैठकबाट मात्रै कोशी सरकारबारे निर्णय लिने तयारी गरेको छ। मंगलबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको थियो। सो क्रममास् प्रधानमन्त्रीले कोशी सरकार गठनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू