अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४
| Colorodo: 20:19
म्यानमारको एक शिविरमा सेनाले गरेको आक्रमणमा परेर २९ जनाको मृत्यु भएको छ । म्यानमारको उत्तरी क्षेत्रमा विस्थापितहरू बस्दै आएको शिविरमा भएकोे आक्रमणमा परि बालबालिकासहित कम्तीमा २९ सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणबाट करीव ५६ जना घाइते भएका छन् । सेनाको सत्ता विरुद्ध रहेका सर्वसाधारण बसेको शिविरमा सेनाले आक्रमण गरेको अधिकारीहरुले जानकारी दिएका छन ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सन् २०२१ मा प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई सत्ताबाट हटाइ सेनाले आफ्नो हातमा सत्ता लिएको थियो । सत्ताविरोधीमाथि त्यहाँको सेनाले बेलाबेला कारबाही गर्दै आएको छ ।