अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२२ | Colorodo: 12:37

इजरायलबाट स्वदेश फर्किनको लागि अनलाइन आवेदन खुल्यो

बिआरटीनेपाल २०८० असोज २२ गते ८:२५ मा प्रकाशित

जरायलबाट स्वदेश फर्किने चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन खुला गरेको हो । ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा तथा त्रासमा रहेका नेपालीलाई सरकारले उद्धार गर्ने निर्णय गरेको थियो । सोही आधारमा दूतावासले अनलाइन मार्फत आवेदन आह्वान गरेको हो ।

दूतावासले उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने उद्देश्यले सूचना संकलनको काम सुरु गरेको हो ।यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुले दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू