अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३
| Colorodo: 14:38
इजरायलमा भएको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा सोमबार माइतीघरमण्डलमा दीप प्रज्वलन गरिएको हो । प्यालेस्टाइनी कट्टरपन्थी समूहले शनिबार गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो ।
दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।