अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८
| Colorodo: 04:43
आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले भारतलाई २०० रनकाे लक्ष्य दिएकाे छ ।
चेन्नईमा टस जितेर ब्याटिङ गरेकाे अस्ट्रेलिया ४९ ओभर ३ बलमा १ सय ९९ रनमा अल आउट भयाे । अस्ट्रेलियाका स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए । यस्तै डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । बलिङतर्फ भारतका रवीन्द्र जडेजाले ३ तथा जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र कुलदीप यादवले २/२ विकेट लिए ।
भारतले केहीबेरमा जवाफी ब्याटिङ थाल्ने छ । विश्वकपमा दुवै टाेलीकाे याे पहिलाे खेल हाे ।