अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 20:27

सामाजिक सञ्जाल जिल्ला प्रशासनले निषेध गर्न सक्ने व्यवस्था गरौं : सांसद जवरा

बिआरटीनेपाल २०८० असोज २१ गते ६:२० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद धवल समशेर जवराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद जवराले देशमा धार्मिक द्वन्द्व हुनसक्ने खतरालाई औँल्याउँदै संवेदनशील जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले चाहेमा केही दिनलाई सामाजिक सञ्जाल निषेध गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले सो व्यवस्था केही दिनका लागि मात्रै हुने स्पष्ट पनि पार्नुभयो ।

सांसद जवराले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने र ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । सांसद जवराले राष्ट्रपतिले कैद माफि दिएर कानूनी राज्यको धज्जी उडाएको बताउनुभयो । उहाँले राष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णय र मन्त्रिपरिषद्ले पार्टीको निर्णय मान्नुपर्ने अवस्था रहेको भन्दै मुलुकमा सबैको साझा राजा चाहिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू