अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

”गणतन्त्रमाथि प्रहार भइरहेको छ” -प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० असोज २० गते ५:५१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताउनुभयो । उहाँले अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्रै देख्ने परिपाटी रहेको भन्दै यस्तो समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेतृत्व भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा भएको पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले दक्षिणपन्थीहरुले देशमा टाउको उठाउने खतरा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू