अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

दाङमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० असोज २० गते ५:४८ मा प्रकाशित

दाङको तुलसीपुरबाट सल्यानको झिम्पेका लागि छुटेको  यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । आज दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटना हुँदा दुई जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ज्यान गुमाउनेहरुको  पहिचान अझै खुलेको छैन

दुर्घटनामा चालकसहित २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू