अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने खेलाडीको बिदाई

बिआरटीनेपाल २०८० असोज १९ गते ६:२० मा प्रकाशित

श्रीलंकामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाई गरिएको हो ।अर्को हप्तादेखि कोलम्बोमा सुरु हुने प्रतियोगितामा नपालसहित श्रीलंका, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, साउदी अरब, तुर्किमिनिस्तान र उज्वेकिस्तान समावेश छन् ।

श्रीलंकामा पहिलो पटक हुन लागेको भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता सेन्ट्र एशिया भलिबल एशोसिएशन काभाको अनुरोधमा सम्भव भएको हो । नेपालले अक्टोबर ९ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने छ । अक्टोबर १० मा श्रीलंकासँग, अक्टोबर ११ मा अफगानिस्तानसँग, अक्टोबर १३ मा साउदी अरबसँग, अक्टोबर १३ मा उज्वेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया