अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

सेनालाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

बिआरटीनेपाल २०८० असोज १७ गते ८:४७ मा प्रकाशित

सरकारले कुनै पनि बेला धार्मिक दंगा फैलिन सक्ने भन्दै नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । सिंहरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधान सेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी सहभागी थियो ।

देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेको ठहर गर्दै बैठकले जुनसुकै बेला परिचालन हुनुपर्ने भन्दै सेनालाई सतर्क रहन भनेको हो । बैठकले धरान, मलंगवा र नेपालगञ्जलगायतका स्थानमा भईरहेका घटना सामान्य नभएको र नियोजित योजना अन्तर्गत भईरहेको हुन सक्ने निष्कर्ष पनि निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू