अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० असोज १६ गते ६:४५ मा प्रकाशित

भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताउनुभएको छ । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सरकारले आममाफी नभइ कैद कट्टा मात्रै गरेको बताउनुभएको हो । उहाँले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरुले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताउनुभयो । मन्त्री श्रेष्ठले कैद कट्टा गरेर छुटाउनु र आममाफी दिनु फरक भएको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आम माफी दिनेकुरा गलत भएको बताउनुभयो । उहाँले पहिला यी कुरामा नदिने गरिएपनि अहिले विकृति आएको बताउनुभयो । नेता केसीले भ्रष्टाचारबिहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिमति बनेको बताउनुभयो ।

प्रतिक्रिया