अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

एसियन गेम्सको महिला भलिबलमा नेपाल पराजित

बिआरटीनेपाल २०८० असोज १५ गते ६:२५ मा प्रकाशित

चिनमा जारी १९ औं एसियन गेम्सको महिला भलिबलमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । ह्याङचाउ विश्वविद्यालयको कभर्ड हलमा सोमबार भएको खेलमा नेपाललाई दक्षिण कोरियाले ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

नेपालविरुद्धको खेल दक्षिण कोरियाले २५–२१, २५–१४ र २५–११ ले जितेको हो । पहिलो खेलमा भियतनामसँग ३–० को सोझो सेटमा हारेको नेपाल यो हारपछि समुहबाट बाहिरिएको छ ।

भलिबलको पुरुषतर्फ पनि नेपाल सबै खेलमा पराजित हुँदै समुह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू