अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

एनआरएन अमेरिकाका ३४ कार्यसमितिका पदाधिकारीहरूको संरक्षक परिषद् नियुक्तिमा असहमति

बिआरटीनेपाल २०८० असोज १४ गते २१:२० मा प्रकाशित

कोलोराडो । एनआरएन अमेरिका का ३४ कार्यसमितिका पदाधिकारीहरूको संरक्षक परिषद् नियुक्तिमा असहमति जनाएको प्रेस विज्ञप्ति बिआरटी नेपाललाई एनआरएन अमेरिका बोर्ड सदस्य मार्फत प्राप्त भएको छ । प्रस्तुत छ जस्ताको त्यस्तै उक्त प्रेस विज्ञप्ति ।

एनआरएन का ३४ कार्यसमितिका पदाधिकारीहरूको संयुक्त रुपमा प्रेस विज्ञप्ति !

सम्पूर्णमा नमस्कार,
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका कार्यसमितिको ०९/२८/ २०२३ को तेस्रो पूर्ण बैठकमा संरक्षक परिषद् (Patron Council) नियुक्त गर्ने प्रक्रियामा आफ्नो अभिमत राख्ने क्रममा २४ जना कार्यसमितिका सदस्यहरूले आफ्नो भनाई व्यक्त गर्नु भयो त्यस मध्ये १६ सदस्यहरूले प्रस्तावित महानुभावहरूको नियुक्तिमा केही असहमति जनाउनु भयो । यो स्वभाविक पनि थियो किनकि उक्त प्रस्तावित नामहरू कार्यसमितिको दोस्रो बैठकबाट नै अध्यक्षले पारित गर्न खोज्दा पारित हुन सकेको थिएन ।

उक्त बैठकमा प्रायजसो साथीहरूको भावनालाई समेटेर छलफल अगाडी बढाऔँ भन्ने थियो । अध्यक्षज्यूलाई सहयोग गर्न हामी सबै तयार पनि थियौ तर साथीहरूसँग छलफल नगरी सोही नामहरू फेरी आउँदा धेरै कार्यसमितिका साथीहरू अचम्ममा पर्नु भयो । लामो छलफलमा विगतमा एनआरएनए एनसीसी अमेरिकाको खिलाफमा रहेका व्यक्तिलाई नियुक्ति नगरौँ भन्ने साथीहरू ठुलो संख्या रहेकोले महासचिवज्यूले अध्यक्षलाई यो प्रस्तावलाई के गरौँ भन्दा अध्यक्षज्यूले साथीहरूको भावना विपरीत यो पास भयो भन्नुभयो । यसरी अध्यक्षज्यूलाई सबै कार्यसमितिका साथीहरूले सहयोगको हात फैलाउँदा फैलाउँदै पनि निर्णय नितान्त गलत हुन गयो । पूर्णतः प्रजातान्त्रिक पद्धतिको खिलाफमा भयो । कुनै पनि कार्य समितिमा एजेन्डा पेस गरिसकेपछि छलफल हुँदा बहुमत सदस्यले अस्वीकृत गरिसकेपछि त्यो एजेन्डा पास भएको मानिन्छ की फेल ? यो सोचनीय र गम्भीर विषय भएको छ । त्यसैले यो निर्णय हामी तल उल्लेखित व्यक्तिहरूलाई मान्य छैन ।

भानु खरेल (उपाध्यक्ष)
प्रेम तामाङ (उपाध्यक्ष)
अनुप खनाल (युवा उपाध्यक्ष)
सरोज सिक्देल (कोषाध्यक्ष)

विष्णु बराल (बोर्ड सदस्य)
रिता देवी प्रधान (बोर्ड सदस्य)
नवराज न्यौपाने (बोर्ड सदस्य)
लक्ष्मण दर्लामी (बोर्ड सदस्य)
सरस्वती शर्मा सरु (बोर्ड सदस्य)
दुर्गा तिवारी (बोर्ड सदस्य)
डा. गंगाघर आर्चाय (बोर्ड सदस्य)
मोहन कुसारी (बोर्ड सदस्य)
वासुदेव भट्ट (बोर्ड सदस्य)
बल राई (बोर्ड सदस्य)

महेन्द्र बस्नेत (रिजनल च्यर मीड बेस्ट रिजन)
विशाल कार्की (भर्जिनिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
प्रचण्ड श्रेष्ठ (म्यासेच्युसेट च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
सुरेन्द्र लौडारी (फ्लोरिडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
ज्यान्गु शेर्पा (ओरिगन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
सूर्य बस्ताकोटी (युट्ह च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
हरि ओझा (क्यालिफोर्निया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
राज कुमार हमाल (विस्कन्सन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
उत्तम बस्नेत (क्यान्सास च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
कपिल शरण वाग्ले (जर्जिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
दीपेन्द्र गुरागाई (टेक्सस च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)

सुन्दर मणि पौडेल (केन्टकी च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
बलराम पोखरेल (इलिनोय च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
दुर्गा प्याकुरेल (नेभाडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
राजेन्द्र दाहाल (न्यु मेक्सिको च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
सुदन थापा (नर्थ क्यारोलिना च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)
कमल ढुङ्गाना (न्यु हेम्सायर च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य)

धन्यवाद ! जय एनआरएनए !

प्रतिक्रिया