अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

प्रधानमन्त्रीको भ्रमणपछि नेपाल-चीन सम्बन्ध सुदृढ भयो-माओवादी केन्द्र

बिआरटीनेपाल २०८० असोज १४ गते ७:४५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणपछि नेपाल(चीन सम्बन्धमा सुधार आएको बताएको छ। आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले पछिल्लो समय नेपाल(चीन सम्बन्धमा संशय उत्पन्न भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि ती संशय निवारण भएको बताउनुभयो ।

‘पछिल्लो समय संशय बढ्दै गएको थियो। प्रश्नहरू उठ्दै गएका थिए। ती प्रश्नहरू सबै आज निवारण भएको छ। नेपाल(चीन सम्बन्ध विश्वासको वातावरण बनेको छ र सहकार्य र सम्बन्धका अन्य विषयहरूमा नयाँ ढोका खुलेका छन्,’ पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले भन्नुभयो । कोभिड र विविध कारणले दुई देशबीच उच्चस्तरीय भ्रमण नभएकोमा प्रधानमन्त्री प्रचण्डको भ्रमणले दुई देशबीच उच्चस्तरीय भ्रमणको श्रृंखलालाई जोडेको यसले विश्वासको वातावरण सिर्जना गरेको उहाँले बताउनुभयो ।

चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपतिबीचको भेटवार्तापछि नेपाल-चीन सम्बन्धका सबै संशयहरू निवारण भएको सापकोटाको भनाई छ । ‘उहाँहरूबीच वान टु वान र समूहमा कुरा भयो। जे प्रश्नहरू थिए ती निवारण भइसकेको छ। र नयाँ स्तरमा सम्बन्ध सुदृढ हुने दिशातिर गइरहेको छ,’ सापकोटाले भन्नुभयो, ‘सबैभन्दा ठूलो उपलब्धि यही हो। विश्व र क्षेत्रीय परिस्थितिको जटिलता र पेचिलोपनको यो स्थितिमा दुबै देशका शीर्ष नेताहरू विश्व परिस्थिति, विश्व राजनीति र क्षेत्रीय राजनीतिको प्रभाव पर्न नदिने कुरामा सहमत हुनुभएको छ,’ उहाँले भन्नुभयो ।

सापकोटाले यसपालि भएका वक्तव्य, समझदारी र सम्झौतालाई अहिलेको भ्रमण नेपालको आर्थिक विकास, दुई देशका विकासम्बन्धी कुरामा आधार तयार भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू