अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

विद्यालय शिक्षा विधेयक संसदमा पेस

बिआरटीनेपाल २०८० असोज १४ गते ७:२१ मा प्रकाशित

सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा पेस गरेको गरेको छ । शिक्षामन्त्री अशोक राईले आज आइतवार विधेयक संसदमा पेस गर्नुभएको हो ।विधेयकबारेमा फरक मत राख्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय बिउँताउन खोज्नु गलत भएको बताउनुभयो । उहाँले आधारभूत र माध्यमिक शिक्षालाई पालिका मातहत नै राखिनुपर्ने माग पनि गर्नुभयो ।

शिक्षामन्त्री राईले विधेयकमा सरोकारवालाले राखेका केही माग समेटेको र शिक्षक आन्दोलन लगायतबाट आएका मागलाई संसदले समेट्ने बताउनुभयो ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी पनि गराउनुभएको छ । यस्तै उहाँले सुन तस्करीबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समिति गठन र पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारेमा पनि संसद्लाई जानकारी गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आउँदो १६ गते मङ्गलवार दिउँसो १ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया