आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग आजै वार्ता हुने भएको छ ।चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै चिकित्सकहरू आन्दोलनमा छन् । मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने उनीहरूको माग छ ।
चिकित्सकलेहरुले हेटौँडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल, चितवन र पाटनलगायतका अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारमा संलग्नलाई तत्काल कारवाही गर्न माग राखेको छ । मणिपुर शिक्षण अस्पतालमा रहेका राजनीतिक दलका भ्रातृ सङ्गठन हटाउनु पर्ने र चिकित्सकको शान्तिसुरक्षा र सुविधाको प्रत्याभूति गराउनु पर्ने उनीहरूको माग छ ।