अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

सरकारले सत्ताको चरम दुरुपयोग गरेको एमाले अध्यक्ष ओलीको आरोप

बिआरटीनेपाल २०८० असोज १२ गते ६:२६ मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले सत्ताको चरम दुरुपयोग भइरहेको आरोप लगाउनु भएको छ । एमाले कोशी प्रदेशको पहिलो अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले खुँडा हानेर मान्छेको हत्या गर्नेहरुलाई आममाफी दिने जस्ता चरम सत्ता दुरुपयोग भईरहेको बताउनुभएको हो । आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम बर्तमान सरकारले गरिरहेको भन्दै ओलीले सत्ता गठबन्धनलाई ‘पिलो’ को उपमा दिनुभयो ।

दक्षिणपन्थी अतिवादीहरु र हिंसा भड्काउन खोज्नेहरु पनि सक्रिय रहेको भन्दै उहाँले त्यस्ता शक्तिलाई परास्त गर्न एमाले सचेत हुनुपर्छ भन्नुभयो । ओलीले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिको नेतृत्व छान्न पनि निर्देशन दिनुभयो । कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमालेमाथि आक्रमण बढिरहेको भन्दै एमालेलाई पहिचान विरोधी बनाउने षडयन्त्र असफल बनाउन आग्रह गर्नुभयो । आज र भोलि चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू