अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७ | Colorodo: 20:22

चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासामा

बिआरटीनेपाल २०८० असोज १० गते ६:५० मा प्रकाशित

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नुभएको छ । उहाँ चीनको छिङछोङ शहरबाट आज ल्हासा पुग्नुभएको हो । उहाँलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनिया कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा आयोजना हुने अन्तरक्रियामा सहभागी हुनुभएको छ । प्रधानमन्त्रीले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुभएको जनाइएको छ । प्रधानमन्त्री आज ल्हासामै बस्ने कार्यक्रम तय भएको जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू