अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 18:53

माइतीघरमा चिकित्सक र प्रहरीबीच धकेलाधकेल

बिआरटीनेपाल २०८० असोज ९ गते ६:४९ मा प्रकाशित

माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार चिकित्सकहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उनीहरुबीच धकेलाधकेल भएको हो ।चिकित्सकहरुले ‘कुटाइ खाने कहिलेसम्म’‚ ‘डाक्टर कुट्न पाइँदैन’‚ ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पनि हेटौंडालगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।

बिरामीका आफन्त नाराबाजीमा उत्रिँदा केहीबेर अस्पताल तनावग्रस्त भएको थियो । प्रहरीले कुटपिट गर्नेको पहिचान नभइसकेको बताए पनि कुटपिटको आरोपमा पोखरा–५ का विनय गुरुङलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू