अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 18:53

प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङमा, महानगरका सचिव युआन चियाचुनसँग भेटवार्ता

बिआरटीनेपाल २०८० असोज ९ गते ६:३५ मा प्रकाशित

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गर्नुभएको छ । चिनियाँ शहर छोङछिङ पुगेपछि प्रधानमन्त्री दाहाल प्रचण्डले छोङछिङ महानगरपालिकामा भेटवार्ता गर्नुभएको हो ।

वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवं समझदारीका विषयमा कुराकानी भएको थियो । यसअघि आज छोङछिङ पुग्दा प्रधानमन्त्री प्रचण्डलाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए ।

आजै प्रधानमन्त्री प्रचण्डले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुभएको छ । सो एकेडेमीमा कृषि उत्पादनको आधुनिक प्रयोग एवं उत्पादनको अवलोकन गरी प्रधानमन्त्रीले जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू