अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

पोखराको मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात

बिआरटीनेपाल २०८० असोज ८ गते ६:२१ मा प्रकाशित

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका–७ का २७ बर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो निधन भएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

किड्नी फेल भएकी दुरा आइतबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। मुटुको समेत समस्या रहेको उनलाई आकस्मिक कक्षबाट आइसियुमा लगेर भर्ना गरिएको अस्पतालले जनाएको छ। उपचार गर्दागर्दै बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड र आक्रमण प्रयास गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको उहाँले बताउनुभयो । प्रहरी र अस्पताल प्रशासनले आक्रमणमा परेका डाक्टर लगायत स्वास्थ्यकर्मीका परिचय खुलाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू