अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५४ | Colorodo: 11:09

‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

बिआरटीनेपाल २०८० असोज ७ गते ६:३९ मा प्रकाशित

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ । ‘इन्डो प्यासिफिक’ क्षेत्रका सेनापतिहरूको सम्मेलनमा भाग लिन सेनापति शर्मा आज आइतवार भारत प्रस्थान गर्नुभएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गर्नुभएको थियो । भारत प्रस्थान गर्नुअघि आजै प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । शर्माकाे अनुपस्थितिमा बलाधिकृत रथी राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।

सम्मेलन भोलि साेमवारदेखि १० गतेसम्म भारतको नयाँ दिल्लीमा हुनेछ । सम्मेलनमा ३० वटा देशका सेनापतिको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू