अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 18:12

मुलुकमा धार्मिक द्वन्द्व फैलाउन खोजे कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० असोज ५ गते ७:१५ मा प्रकाशित

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सबै धार्मिक संघ, संस्थाहरुलाई अपिल गर्नुभएको छ । व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरुले पनि पहल गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिहरुलाई बोलाएर मन्त्री श्रेष्ठले मुलुकमा नियोजित रुपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जोकोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिनुभयो। एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरु देखापरेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढ्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई सम्झाएर नियन्त्रणमा लिन चाहेको पनि दोहोर्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू