अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 12:25

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति गगन थापाको असन्तुष्टि

बिआरटीनेपाल २०८० असोज ५ गते ६:२५ मा प्रकाशित

 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताउनुभएको हो । थापाले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटी रहेको भन्दै संसदबाट सच्याएर मात्रै पारित हुने बताउनु भयो । उहाँले अहिले बनाउने कानूनले आजको समस्या मात्र नभइ कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानून बन्नुपर्ने बताउनु भयो ।

उहाँले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमीक शिक्षण पेशामा हुनेहरुले पाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षकले प्राप्त गर्नुपर्ने न्युनतम कुरा अहिले कानून बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताउनु भयो । सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।
महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रुप लिने विश्वास लिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू