अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

कांग्रेस कार्यसमिति बैठकमा तीन वटा प्रस्ताव पेस

बिआरटीनेपाल २०८० असोज ४ गते ७:०३ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुलै आफ्नो धारणा राखेका छन् । बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका हुन् । पहिलो दिनको बैठकपछि बोल्दै नेता मिनबहादुर विश्वकर्माले महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रस्ताव आएको पेस भएको बताउनुभयो ।

उहाँले अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको पनि नेता विश्वकर्माले बताउनुभयो । उहाँले कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गर्नुभएको बताउनुभयो । कंँग्रेस कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू