अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 17:49

उद्योग समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै

बिआरटीनेपाल २०८० असोज ४ गते ६:२१ मा प्रकाशित

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो । समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताउनु भयो ।

उहाँले बजार अनुगमन नेपाल सरकारका सम्बन्धित निकायहरु,केन्द्रिय, प्रदेश र स्थानिय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरुका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताउनु भयो । उहाँले समितिले अनुगमनको लागि विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको बताउनु भयो ।

सभापति खानले उपसमितिहरुले प्रदेशका मुख्य व्यापारीक केन्द्रहरु धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ,पोखरा,विराटनगर र वीरगञ्ज लगायतका शहरहरुमा अनुगमन गर्ने उल्लेख गर्नुभयो । उहाँले काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरुमा अनुगमन गर्ने बताउनु भयो। उहाँले अनुगमन उपसमितिले सरोकारवाला निकायहरुसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताउनु भयो । उहाँले चाडपर्व लक्षित मूल्य वृद्धि,कालोबजारी,मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू