अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 10:31

संविधान कार्यान्वयनमा समस्या छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८० असोज ३ गते ५:५६ मा प्रकाशित

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । बुधबार नेपाल रिटर्नी एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको हो । उहाँले पहिले देशलाई दलाल नोकरशाही पुँजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले शोषणको नयाँ-नयाँ रुपहरुलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने बताउनुभयो । उहाँले संविधानले सबै प्रकारका अधिकारहरु दिएको भएपनि त्यसको कार्यान्वयनमा भने चुनौति रहेको बताउनुभयो । अध्यक्ष नेपालले आजको दिन समाजमा भएका सबै भेदभाव, अन्याय, अत्याचार, पछौटेपन र गरिबीलाई अन्त्य गर्ने संकल्प गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । अध्यक्ष नेपालले संविधानमा उल्लेख गरिएका कुराहरुलाई व्यवहारमा लागू गरेर देखाउन आग्रह गर्नुभयो । उहाँले एकीकृत समाजवादी र समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामहरुलाई साथ दिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू