अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 10:49

एकीकृत समाजवादीद्वारा २१ जना केन्द्रीय सदस्य मनोनीत

बिआरटीनेपाल २०८० भदौ २८ गते ६:३७ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार २१ जनालाई पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेको हो । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको उल्लेख छ । केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा अजबहादुर मल्ल, ओमचरण अमात्य, गौतम राई, सुदेश पराजुली, गोविन्द चेपाङ, चन्द्रा श्रेष्ठ, चिरञ्जीवी भट्टराई, जयप्रकाश यादव र दिपक केसी रहेका छन् ।

धनबहादुर कार्की, धर्म शाही, नन्द बञ्जाडे, बरुनाथ योगी, बैकुण्ठ भुसाल, भक्तिमान सुब्बा, मिना लामा, रामप्रसाद ढुङाना, लंक हमाल, शालिकराम भट्टराई, शिवकुमारी खनाल र शैलेन्द्र उपाध्यायलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको नेकपा एसले जनाएको छ । यस्तै, नेकपा एसले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र पदाधिकारी पनि तोकेको छ । जिल्ला÷विशेष जिल्ला कमिटी तथा संघीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू