अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

कुशे औँसी मनाईयो

बिआरटीनेपाल २०८० भदौ २८ गते ६:३४ मा प्रकाशित

आज कुशे औँसी । बुबाको मुख हेर्ने दिन मनाईएको छ । आज बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।

आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लागेको छ । रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लागेको छ ।

यस्तै, चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट वेणीमा पनि पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजनको घुइँचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू