अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

राजकीय सम्मानका साथ पशुपतिमा नेम्वाङको अन्त्येष्टि

बिआरटीनेपाल २०८० भदौ २८ गते ७:४३ मा प्रकाशित

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीबार मध्याह्न अन्त्येष्टि गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभयो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो। नेम्वाङलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि आर्यघाट पुग्नुभएको थियो ।

यसअघि नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल र बालुवाटारस्थित घरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू