अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्छ : झलनाथ खनाल

बिआरटीनेपाल २०८० भदौ २७ गते ७:२९ मा प्रकाशित

नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताउनुभएको छ ।जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुन सक्ने आशंका व्यक्त गर्नुभएको हो ।

उहाँले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताउनुभयो ।

सरकारकै घटक दल नेपाली कांग्रेस समाजवादी मोर्चालाई लिएर सशंकित रहेको समयमा उहाँले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गर्नुभयो । यसका साथै सम्पूर्ण वामपन्थी शक्तिहरु मोर्चामा आवद्ध हुनसक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चावद्ध हुन सम्भव नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू