अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 20:40

६१ किलो सुन तस्करीको प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालयमा बुझाइयो

बिआरटीनेपाल २०८० भदौ २७ गते ७:१६ मा प्रकाशित

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा बुझाएको छ ।सिआइबीले बुधबार जिल्ला सरकारी वकील कार्यालयमा ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रवक्ता महेशप्रसाद खत्रीले अनुसन्धान प्रतिवेदन कार्यालयमा आएको जानकारी गराउनु भयो । उहाँले अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको भन्दै प्रतिवेदनलाई हेर्दा फरार प्रतिवादीहरु समेत गरेर २९ जनालाई प्रतिवादी बनाइएको बताउनुभयो ।

प्रवक्ता खत्रीले संगठित अपराधको मुद्दामा अनुसन्धान गर्न ६० दिनसम्मको समय हुने भन्दै आज ५७ दिन पुगिसकेकाले बाँकी रहेको ३ दिनभित्रमा अदालतमा अभियोजनका लागि पेस गर्ने बताउनुभयो । प्रवक्ता खत्रीले रातदिन काम गरेर भएपति बाँकी रहेको तिन दिनभित्रमा सरकारी वकीलको कार्यालयले गर्नुपर्ने काम सक्ने र समयसीमा भित्रै मुद्दा अदालतमा दर्ता गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू