अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५
| Colorodo: 11:10
संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण भाेलि बुधवार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी स्थगित भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि पर्सि बिहीवार दिउँसो ३ बजे तोकेकाे जनाउनुभएको छ ।
आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगित भएको छ ।