अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

नेम्वाङको निधनबाट मर्माहत भएको छु – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० भदौ २६ गते २:५२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताउनुभएको छ। महाराजगन्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालयमा राखिएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हनुहुन्थ्यो । उहाँ हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू