अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२
| Colorodo: 06:57
संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको हो ।
उहाँलाई त्रिवि शिक्षण अस्पतालमा लगिदै थियो । अहिले उहाँको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ । एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ पछिल्लोसमय इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुनुहुन्थ्यो । नेम्वाङ ७० वर्षका हुनुहुन्थ्यो ।