अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१
| Colorodo: 20:06
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आशा र भरोसा जगाउने काम गरेर देखाउनु पर्ने बताउनुभएको छ । समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक समानता, सुशासन, सामाजिक न्याय र जनताको दैनिक जीवनमा आइपरेका समस्या समाधान गर्न समाजवादी मोर्चा गठन गरेर अघि बढेको बताउनुभयो ।