अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

संसदीय प्रणालीनै त्रुटीपूर्ण छ, सच्याउनु पर्छ : अध्यक्ष यादव

बिआरटीनेपाल २०८० भदौ २५ गते ६:३२ मा प्रकाशित

जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय व्यवस्था नै त्रुटीपूर्ण रहेको बताउनु भएको छ । सोमबार बिराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दे अध्यक्ष यादवले संसदीय प्रणाली र निर्वाचन प्रणालीमै दोष रहेको र त्यसको अन्त्य गर्न संविधान संसोधन गर्नुपर्ने बताउनु भएको हो । यादवले भन्नुभयो–‘यो सिस्टमा नै दोष छ, हामीले जुन खालको संसदीय व्यवस्थाको अभ्यास गरिरहेका छौं र जुन खालको संसदीय व्यवस्थाको संरचना संविधानमा निर्धारण गरिएको छ, त्यसमाथि नै पुर्नविचार गर्नुपर्छ, डिफेक्ट भनेको त्यहाँ हो,’ ।

संंवैधानिक व्यवस्था नै त्रुटीपूर्ण भएका कारण समस्या भएको यादवको दाबी छ । यादवले थप भन्नुभयो – ‘निर्वाचन प्रणालीमा पनि दोष छ, संसदीय प्रणालीपनि विकृतिमूलक छ, जुन अपनाइयो, यो कुरा हामीले संविधान बन्दाखेरी नै भनिराखेका छौं, यसले मुलुकमा अस्थीरता, अन्योलता विकृति र विसंगती बाहेक केही दिदैन्, आज त्यो कुरा प्रमाणित भएको छ ।’ कुनैपनि राजनीतिक मुद्धामा सबै दलहरु मिलेर किनारा लगाउनु पर्ने पनि अध्यक्ष यादवको भनाई थियो । त्यसैगरी समाजवादी मोर्चा गठन नेपाली कांग्रेससँगको सल्लाहमानै भएको यादवको दावी छ ।

प्रतिक्रिया