अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

विश्वकप छनोटमा ब्राजिल र उरुग्वेको विजयी सुरूआत

बिआरटीनेपाल २०८० भदौ २३ गते ६:५८ मा प्रकाशित

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले विजयी सुरूआत गरेका छन् । शुक्रबार राति भएको खेलमा ब्राजिलले बोलिभियालाई र उरुग्वेले चिलीलाई पराजित गरेका हुन् ।ब्राजिलले बोलिभियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २/२ तथा राफिन्हाले १ गोल गरे । बोलिभियाका लागि भिक्टोर एब्रेगोले १ गोल फर्काए ।

यस्तै, उरुग्वेले चिलीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । उरुग्वेका डेएगो क्रुजले २ तथा फेडरिको डिपेटाले १ गोल गरे । चिलीका लागि भिडालले सान्त्वना गोल फर्काए । दक्षिण अमेरिकी छनोटमा १० राष्ट्रको सहभागिता रहेको छ ।

प्रतिक्रिया